समाचार

ट्रकमा मोटरसाइकल ठोक्किंदा एकको मृत्यु



चितवन, २५ चैत । भरतपुरमा बिग्रिएर सडक छेउमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

सडक छेउमा रोकि राखिएको राँगा बोकेको ना ६ ख ५७२९ नम्बरको ट्रकमा नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना २० प ७५१८ नम्बरको मोटरसाइकल आइतबार राति साढे ८ बजे ठोक्किँएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका–३१ का १६ वर्षीय सरोज भुजेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइते भुजेलको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा राति १० बजे मृत्यु भएको हो।

दुर्घटनामा घाइते मोटरसाइकल चालक तनुहुको देवघाट गाउँपालिका–५ का ४० वर्षीय महेश्वर कँडेल रहेको प्रहरीले जनाएको छ ।