काठमाडौँ, २६ चैत । ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणमा आज नेपालले इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
बहतु रंगशालामा नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा नेपाल जितको खोजिमा हुनेछ । नेपाली महिला फुटबल टिमले पहिलोपटक इन्डोनेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।
इन्डोनेसिया पनि छनोट चरणको दुई खेलमा हार ब्यहोर्दै बाहिरिसकेको छ । छनोटको दोस्रो चरणबाट बाहिरिसकेको नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा भारतसँग हार ब्यहोरेको थियो ।










प्रतिक्रिया दिनुहोस्