Banner News

राष्ट्रपति भण्डारीद्वारा एकीकृत वातावरणमैत्री बस्ती विकास गर्न आग्रह



काठमाडौँ, २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले एकीकृत वातावरणमैत्री बस्ती विकास योजना बनाई प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएकी छन ।

 ‘कोप २४’ मा नेपालको सहभागिता र उपलब्धिबारे वन तथा वातावरण मन्त्रालयले राष्ट्रपति भवन, शीतल निवासमा आयोजना गरेको समीक्षा कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले जीवन र धर्तीलाई अुनकूल हुने गरी एकीकृत वातावरणमैत्री बस्ती विकास योजना बनाई प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिदै उनले जलवायु अनुकूलनका लागि व्यापक दायरामा राखेर हेरी जीवन र न्यायसँग जोडिएका सबै पक्षलाई समेट्न जरुरी रहेको बताएकी छन ।

उनले भनिन, ‘पहिला जीवनलाई टेवा दिऔँ । त्यसपछि विकासको कुरा हुन्छ । विकासले जीवनलाई सहज बनाउने हो ।’ वातावरणीय अनुकूलनका लागि सरकार र सरोकारवालाहरुलाई सुझाव दिँदै उहाँले भन्नुभयो, ‘स्वास्थ्य र जीवन मूल्यका लागि हानिकारक छ भने विकासका ढाँचाहरुबारे विचार गर्नुपर्छ ।’