राजनीति

मन्त्री पुनद्वारा हजार कित्ता सेयर किन्ने घोषणा



काठमाडौँ, २७ चैत । उर्जा, जलस्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले एक हजार कित्ताका लागि आवेदन दिने घोषणा गरेका छन् ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले जनताको जलविद्युत् कार्यक्रममा परेको रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको एक हजार कित्ताका लागि आवेदन दिने घोषणा गरेका हुन ।

जनताको जलविद्युत् कार्यक्रममा परेको रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको साधारण सेयर निश्काशनबारे जानकारी दिन मंगबलार पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

मंगलबार नै सार्वजनिक सूचना जारी गरेर सर्वसाधारणबाट सेयर आवेदन माग गरेका छन् । दुबै आयोजनाले यही बैशाख ६ गतेदेखि शेयरको बिक्री खुला गर्ने छन् । छिटोमा १० गते र ढिलोमा जेठ ५ गतेसम्मलाई शेयर बिक्री हुने गरी उल्लेख छ ।