काठमाडौँ, २७ चैत । आउँदो बैशाख १२ गते सार्वजनिक बिदा दिने भएको छ ।
गोरखा बारपाक सुलिकोट गाउँपालिकाले २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको स्मृतिमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सो दिन गाउँपालिका स्थित सरकारी एवं सार्वजनिक कार्यालय र शैक्षिक संस्थाहरु बिदा हुने गाउँपालिकाले जनाएको छ ।
भूकम्पबाट बारपाक सुलिकोट गाउँपालिकामा मात्र १ सय ३९ जनाको मृत्यु भएको थियो ।










प्रतिक्रिया दिनुहोस्