काठमाडौँ, २७ चैत । युट्युबमा दक्षिण कोरियाई पप स्टार ‘साई’ले गाएको गीत ‘ग्यङनम स्टाइल’लाई ब्ल्याकपिंक ब्यान्डको ‘किल दिस लभ’ गीतले रेकर्ड तोडेको छ ।
उक्त गीत युट्युबमा अपलोड भएको दुई दिनमा ग्यङनाम स्टाइलको रेकर्ड तोडेको छ । उक्त गीतको भिडियो २४ घण्टामा ५६ दशमलव ७ मिलियन पटक युट्युबमा हेरिएको छ । अहिलेसम्म यो गीत १२ करोड पटकभन्दा बढी हेरिएको छ ।
‘किल दिस लभ’ले एक दिनमा सबैभन्दा बढी पटक हेरिएको अरियना ग्रान्देको ‘थ्यांकयु’ गीतको रेकर्ड पनि तोडिदिएको छ । सन् २०१६ मा स्थापित भएको ब्यान्ड हो । उक्त ब्याल्याकपिंक ब्यान्डमा जीसू, जेनी, रोज र लिसा सम्मिलित छन् ।
यस ब्यान्डले सेप्टेम्बर २०१६ मा स्क्वायर वन नामको आफ्नो पहिलो एल्बम जारी गरेको थियो । यो एल्बम कोरियामा एकदमै रुचाइएको थियो ।
भिडियो
प्रतिक्रिया दिनुहोस्