समाचार

मौसममा सामान्य बदली : छिटफुट पानी पर्ने



काठमाडौँ, २७ चैत । काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम बुधबार सामान्य बद्ली तथा छिटफुट पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुको प्रभावका कारण सामान्य बद्ली र पूर्वका केही ठाउँमा बेलुकातिर छिटफुट पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । यसैबीच पश्चिमी तराइमा भने गर्मी बढेको छ । केही दिन मौसम बद्ली हुने सम्भावना नभएकाले गर्मी अझै बढ्ने सम्भावना रहेको हो ।