समाचार

भिरबाट लडेर एक जनाको मृत्यु



म्याग्दी, २७ चैत । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको नाउराको भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मङ्गलबार बेलुका मुदीको बगरस्थित तातोपानी कुण्डमा नुहाएर फर्कने क्रममा खिवाङका जीतबहादुर पुनको मृत्यु भएको हो । पूर्वब्रिटिस आर्मीसमेत रहेका पुन भिरबाट चिप्लीएर करिब ३ सय मिटर तल खस्दा ज्यान गएको इलाका प्रहरी कार्यालय दरवाङले जनाएको छ ।