समाचार

पानीको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु



सर्लाही, २७ चैत । सर्लाहीमा पानी जमेको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

मंगलबार राति हरिवन–४ मा दिउँसोदेखि बेपत्ता भएका दुबै बालिकाको राति अबेर पानीमा तैरिरहेको अवस्थामा स्थानीय जुमेर सेखकी ६ वर्षीया छोरी समार खातुन र इन्तिहाज सेखकी ९ वर्षीया छोरी जस्मिन खातुनको शव इँटा उद्योगमा काम गर्ने मजदुरले देखेपछि प्रहरीलाई खबर गरेको जनाएको छ ।

प्रहरीका अनुसार दुबै बालिकाको गोल्ड इँटा उद्योगले माटो खन्दा बनेको खाल्डोमा डुबेर मृत्यु भएको हो । उक्त घटनाबारे थप अनुसन्धान भैरहेको सर्लाही प्रहरीले जनाएको छ ।