काठमाडौँ, २८ चैत । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारको अराजकता र प्रतिपक्षी दल आफ्नै पार्टी नेपाली कांग्रेसको मौनताविरुद्ध खबरदारी गर्ने भएको छ ।
नेविसंघले यही चैत २९ गते शुक्रबारका दिन प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ प्रांगणमा बिहान ११ बजेबाट खबरदारी सभा गर्न लागेको बताइएको छ ।
सरकारले एकपछि अर्को अराजक काम गर्दै गएको तर कांग्रेस नेतृत्वले त्यसमा सहि थप्दै गएको, सरकारको जथाभावी कदमको विरोध नगरी मौनता प्रकट गरेको भन्दै आफ्नै मातृ पार्टी कांग्रेसविरुद्ध नेविसंघले खबरदारी गर्न लागेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्