राजनीति

विप्लव नेतृत्वका डोल्पा इञ्चार्ज पक्राउ



जाजरकोट, २८ चैत । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता वीरबहादुर खड्का (क्षितिज)लाई जिल्ला प्रहरी कार्यालय जाजरकोटले पक्राउ गरेको छ ।

जाजरकोट सदरमुकाम खलंगाको थाप्ले बजारमा होटल व्यवसाय गर्दे आएका खड्कालाई बुधबार साँझ उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । विप्लव नेतृत्वको डोल्पा जिल्ला इञ्चार्ज रहेको बताइएको छ ।