Banner News

महानगरपालिकाद्वारा आँधी प्रभावितका लागि ४० लाख सहयोग



काठमाडौँ, २८ चैत । बारा र पर्साका आँधी पीडितका लागि काठमाडौं महानगरपालिकाले ४० लाख भन्दा बढी सहयोग गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले संयुक्तरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेक हस्तान्तरण गरेका छन ।

महानगरपालिकाले ४० लाख ३१ हजार ४ सय १३ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप कोषमा जम्मा गरेको हो । नगरकार्यपालिका बैठकले बारा र पर्साका आँधी प्रभावितका लागि महानगरपालिकाका तर्फबाट २५ लाख र जनप्रतिनिधि र कर्मचारीको पारिश्रमिकमध्येबाट एक दिनको तलब सहयोग गर्ने निर्णय गरेको थियो ।