काठमाडौँ, २८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते छन् ।
गएराति ज्ञानेन्द्र शाहलाई मोरङ विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो ।
उक्त घटनामा मोटरसाइकल पछाडि सवार २२ वर्षीय प्रकाश चौधरी घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्