Banner News

सूनपाद्वारा बारा र पर्साका हावा हुरी पिडितलाई तीन लाख सहयोग



भक्तपुर, २९ चैत । चैत १९ गते साँझ बारा र पर्सामा आएको विनाशकारी हावा हुरी पिडितलाई भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाले सहयोग गर्ने घोषणा गरेको छ ।

नगरपालिकामा आज बसको बैठकले पिडिलाई रु तीन लाख सहयोग गर्ने घोषणा गरेको हो । मानिसको गास, वास र कपास नैसर्गिक अधिकार भएको भन्दै उक्त स्थानका पिडितलाई सहयोग गर्ने भएको हो ।

नगरपालिकाको तर्फबाट दिईने उक्त सहयोग प्रदेश नं. २ सरकारलाई हस्तान्तरण गर्ने नगरपालिकका प्रवक्ता तथा वडा नं. ९ का वडाध्यक्ष उपेन्द्र राज केसीले बताउनुभयो । नगरपालिकाले हिमाल, पहाड, तराई कोही छैन पराई भन्ने मान्यतालाई आत्मसात् गर्दै उक्त सहयोग गर्ने घोषणा गरेको प्रवक्ता केसीले बताउनुभयो ।