क्तपुर, ३० चैत । जिल्ला पातञ्जल भक्तपुर शाखाले योग गरौ स्वस्थ रहौ, हाम्रो राष्ट्र हाम्रो गौरवको नारालाई उदघोष गर्दै ०७५ चैत १८ गते शुभारम्भ गरेको जिल्लाव्यापी प्रथम योग जागरण अभियानलाई एक विशेष कार्यक्रमका विच नयाँ वर्षको शुभकामना आदनप्रदानका साथ औपचारीक रुपमा समापन गरेको छ ।
योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष एवं पातञ्जल योग समिति नेपालका अभिभावक बालमुकुन्द सुवालको प्रमुख आतिथ्यतामा भक्तपुर नगरपालिकाको टौमढी क्षेत्रको पाँचतले मन्दिरको प्राङ्गणमा सयौं योग साधक एवं स्थानीयबासीहरुको उपस्थितिमा योग जागरण अभियान समापन भैरहदाँ सुवालले योगजागरण अभियानले हजारौ भक्तपुर बासी दाजुभाई तथा दिदीबहिनीहरुलाई प्रत्यक्ष जोडन सफल भएको उल्लेख गर्दै सम्पूर्ण जिल्लाबासी समक्ष योगलाई दैनिकी जीवनशैली बनाउन आग्रह गर्नु भएको छ ।
त्यसैगरि पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुर्दशन सुवेदीले पातञ्जल योग समिति नेपाल राष्ट्रिय माटो र सुवास बोकेर वैदेशिक परनिर्भरता हटाई भगवान शिव र बुद्धको योग अनि जनक आदि अष्टाबक्र र योगयाज्ञवल्क्यको दर्शन अङ्गिकार गर्दै अगाडि बढ्ने उदघोष गर्नु भएको थियो ।










प्रतिक्रिया दिनुहोस्