एजेन्सी, ३० चैत । स्कुलमा बालबालिकाबीचको आपसी झगडामा वृद्धि भइरहेकोले सो बदमासि रोक्न रोबोटको प्रयोग गरिने भएको छ ।
जापानको पश्चिमी प्रान्त ओत्सुको एक स्कुलमा बालबालिकाबीच हुने आपसी झगडा समस्याको समाधान गर्नका लागि रोबोटको सहयोग लिइने भएको हो ।
जसले बच्चाको बदमासी रोक्नुको साथै बालबालिकाबीच हुने बहस, आपसी झगडा जस्ता संकेतलाई रोबोटले तत्काल पहिचान गर्नेछ । यसले पहिला गरिएको झगडा अझै धेरै बढ्यो भने रोक्नेछ ।
गत वर्ष जापानको स्कुलमा बालबालिकाको झगडाको ४ लाख भन्दा बढी घटना दर्ता भएको थियो । यही गुनासोका कारण १० बच्चाले आत्महत्यासमेत गरेका थिए । यसैले सरकारलाई यो फैंसला लिन परेको हो ।
प्रतिक्रिया दिनुहोस्