Banner News

गुणस्तरीय तथा प्राविधिक शिक्षा अहिलेको आवश्यकता : प्रम ओली



काठमाडौँ, ३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्ती केपी शर्मा ओलीले आगामी दिनमा आर्थिक अभावका कारण कोही पनि नेपाली शिक्षाबाट बञ्चित हुनुनपर्ने बताउनुभएको छ ।

प्रधानमनत्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा वल्र्ड बुक अफ रेकर्डस लण्डनले जारी गरेको प्रमाणपत्र समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले १ सय रुपैंयामा विद्यार्थी पढाएर समता स्कूलले गरिबका छोराछोरीलाई गुन लगाएको बताउनुभयो । ‘राज्यले लिनुपर्ने दायित्व तपाईंहरुले लिनु भएको छ । यसमा म समता टिमलाई धन्यवाद दिन चाहन्छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अंग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेहरुका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था अब रहेन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कूल काठमाडौंलाई वल्र्ड बुक अफ रेकर्डस् हस्तान्तरण गर्दै समता स्कूलका कारण नेपाललाई विश्वले पनि पहिचान गरेको बताउनुभयो । ‘सस्तो र गुणस्तरीय शिक्षाका लागि नेपालमा अवसर छ भन्ने कुराको जानकारी विश्वले पाएको छ, यसका लागि तपाईंहरुलाई बधाइ छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले यस बर्षदेखि विद्यालय जाने उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर नुहने स्पष्ट पार्नुभयो । नेपालको साक्षरता अभियानमा समताको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसमेत उपस्थिती रहेको थियो ।