काठमाडौँ, ३ वैशाख । सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस पाँच न्यायाधीशविरुद्व संसदीय सुनुवाइ समितिमा पाँच वटा उजुरी परेको छ ।
हाल उच्च अदालतका पाटनका मुख्य न्यायाधीश रहेका प्रकाश ढुङ्गानाविरुद्ध दुई वटा, हरि फुयाँलविरुद्ध एउटा उजुरी परेको र दुई वटा नेपालमा न्यायाधीश नियुक्ति प्रक्रियामाथि नै प्रश्न उठाउँदै उजुरी परेको छ । गत चैत १८ गते बसेको न्यायपरिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा हरि फुयाँल, कुमार रेग्मी, प्रकाश ढुंगाना, सुष्मलता माथेमा र मनोजकुमार शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।
प्राप्त उजुरी मंगलबार खोलिने सुनुवाइ समितिले जनाएको छ । उजुरी आह्वान गर्न सुनुवाइ समितिले मंगलबार दिउँसो २ बजेलाई बैठक बोलाएको छ ।
मंगलबारको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाविरुद्ध परेको उजुरी पनि खोलिने सुनुवाइ समितिले जनाएको छ । थपलियाविरुद्ध सुनुवाइ समितिमा ६ वटा उजुरी परेको छ ।










प्रतिक्रिया दिनुहोस्