काठमाडौँ, ३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउन तथा महान् लक्ष्य हासिल गर्न राज्यका सम्पूर्ण अंग तथा निकायहरु शसक्त बन्नुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७४ र २०७५ को वार्षिक प्रतिबेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्नु भएको छ ।











प्रतिक्रिया दिनुहोस्