धनुषा, ५ बैशाख । बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावितको लागि प्रदेश नं। ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन ।
प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमामुख्यमन्त्री पौडेलले मुख्यमन्त्री राउतलाई एक करोडको चेक हस्तान्तरण गरेका हुन ।
चेक हस्तान्तरण गर्दै प्रदेश ३ का मुख्यमन्त्री पौडेलले विपतको बेला एकअर्कालाई सहयोग गर्ने सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेका छन साथै मुख्यमन्त्री राउतले विपतको बेला सहयोग गरेकोमा प्रदेश ३ का मुख्यमन्त्री र प्रदेश सभालाई धन्यवाद ज्ञापन गरेका छन ।
हावाहुरीबाट प्रदेश २ को बारा र पर्सा जिल्लामा जनधनको ठूलो क्षति भएपछि प्रदेश ३ सरकारले राहतस्वरुप एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।
गएको चैत १९ गते बारा र पर्सा जिल्लामा भीषण हावाहुरीका कारण २८ जनाको ज्यान गएको थियो भने एक हजार बढी घाइते भएका थिए ।










प्रतिक्रिया दिनुहोस्