विराटनगर, ५ बैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कानून विपरित कर्मचारी भर्ना नगर्न दुई नम्बर प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ ।
विराटनगर मुसाफिर खाना शिलान्यास गर्दै मन्त्री पण्डितले संघीय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोग बाहेक कसैले पनि कर्मचारी नियुक्ति गर्न नपाउने कानुनमा स्पष्ट व्यवस्था भएकाले कानुन विपरित नजान आग्रह गरेका छन ।
मन्त्री पण्डितले करिब १० करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको मुस्लिम कम्युनिटी सेन्टर सामुदायिक भवनको शिलान्यास गर्दै कर्मचारी समायोजनमा देखिएको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन ।










प्रतिक्रिया दिनुहोस्