समाचार

रुपन्देहीमा टिपरको ठक्करबाट १ जनाको मृत्यु



रुपन्देही, ५  वैशाख । रुपन्देहीमा टिपरको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।

जिल्लाको कोटहीमाई गाउँपालिकाको मर्यादापुरमा पश्चिम दिशबाट आउँदै गरेको लु १ ख ५३९९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको साइललाई ठक्कर दिँदा १३ वर्षीय भवानी शंकर चौधरी मृत्यु भएको प्रहरीले जनाएको छ ।