सम्पादकीय

नेपालको पानी किन्न कतार इच्छुक



१९ चैतमा नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अल हेलले खानेपानीमन्त्री विना मगरलाई भेटे । उनीहरूबीच खानेपानी प्रशोधन/उत्पादन र बजारीकरणका विषयमा छलफल भयो ।

राजदूत हेलले नेपालको खानेपानी कतार लैजान सकिने बताएका थिए । उनले नेपालको पानी सफा र स्वच्छ भएकाले कतार राम्रो बजार बन्न सक्ने बताएका थिए । ‘हामीलाई तेल र ग्यासको अभाव छैन, तर शुद्ध पिउने पानीको अभाव छ ।

त्यसैले नेपालको पानी कतार लैजान दुई देशबीच सहमति गर्न आवश्यक छ,’ उनले भनेका थिए । राजदूत हेलसँगको भेटपछि खानेपानी निर्यातका विषयमा मन्त्री मगर उत्साहित भइन् । उनले खानेपानी विभागलाई सम्भावित स्थान पहिचान गर्न निर्देशन दिइन् । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।