समाचार

यस्तो छ आज र भोलिसम्म मौसमको पूर्वानुमान



काठमाडौँ, ७ वैशाख । काठमाडाैँ उपत्यासिहत देशका विभिन्न ठाउँमा हावाहुरीसहित वर्षा भएको छ। मुलुकभर मौसम बदली हुनका साथै केही भू–भागमा मेघ गर्जनसहित वर्षा र सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

रातिसम्म देशको पहाडी भेगमा आंशिक बदली र अन्य भू-भागमा सामान्यतया सफा रहनेछ । पहाडी भेगका एक वा दुई स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

आइतबार दिउँसोः देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

राति देशको पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी पहाडी भेगका एक वा दुई स्थान लगायत पूर्वी र मध्य पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।