मनोरञ्जन

बरिष्ठ कलाकारद्वय श्रेष्ठ र आचार्यलाई वसुन्धराश्री तथा मानश्री पुरस्कार



काठमाडौँ, ७ वैशाख । वसुन्धरा – मान प्रज्ञाप्रतिष्ठानले मह जोडीका वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई विस २०७६ सालको वसुन्धराश्री तथा मानश्री पुरस्कार दिने निर्णय गरेको छ ।

वसुन्धरा – मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा गत शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । उक्त पुरस्कार साथै जनही ५० हजार रुपैयाँसमेत नगद दिइने घोषणा गरेको छ ।

नेपाली कला र रङ्गमञ्चका क्षेत्रमा आफ्नो अलग्ग र विशिष्ट स्थान, पहिचान बनाएका कलाकार तथा हास्यव्यङ्ग्यकार हरिवंश आचार्यलाई मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाएको छ ।

विशेष बैंठकले नेपाली हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरे वापत प्रसिद्ध कलाकार तथा हास्यव्यङ्ग्यकार श्रेष्ठलाई वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।