भक्तपुर, ७ वैशाख । समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउने मध्येको महत्वपूर्ण स्थान ओगटेको पर्यटन र संस्कृति नै भक्तपुरको गहनाको रुपमा हेरिएको छ । पर्यटन प्रवद्र्धन गर्दै भक्तपुरमा रहेको कला, संस्कृति तथा परम्परालाई विकास र विस्तार गर्ने क्रममा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरमा नवदुर्गा भवानीको नाच अवलोकन तथा प्रसाद ग्रहण गर्नुभएको छ ।

कला, संस्कृति, सम्पदा लगायतका कुराहरु नै आर्थिक बृद्धिदरको मूख्य आधारको रुपमा रहेको भन्दै भक्तपुर उद्योग वाणिज्य संघले स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको नवदुर्गा पूजा एवं नाच सहितको द्यो बोयकेगु कार्यक्रममा सहभागि हुन आउनुभएकी राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणको नाच अवलोकन गर्नुभएको हो ।

कार्यक्रममा उद्योग बाणिज्य संघ भक्तपुरले शक्तिको देवीको रूपमा मानिने नवदुर्गा भवानीलाई पूजामा प्रसाद वितरण गरि भोजन गराइएको थियो ।

जिल्ला समन्वय समितिको परिसरमा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीले भक्तपुरका मौलिक उत्पादन र हस्तकलाको अवलोकनसमेत गर्नुभएको हो । सोहि अवसरमा राष्ट्रपति भण्डारीले भक्तपुरको दरवार क्षेत्रमा अवस्थित तलेजु भवानीको दर्शन समेत गर्नुभएको छ ।















प्रतिक्रिया दिनुहोस्