काठमाडौँ, ८ वैशाख । आइतबार देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।
पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापीय रेखाको प्रभावले अहिले सफा भएको ठाउँको मौसम पनि दिउँसोपछि बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने भएकाले मौसमविद्ले सावधानी अपनाउन आग्रह गरेका छन् ।
बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर हुरीबतास र चट्याङ पर्ने सम्भावना रहेको बताइएको छ । आइतबार राति पनि मौसम बदली हुने र थोरै स्थानहरुमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहको महाशाखाको पूर्वानुमान रहेको छ ।










प्रतिक्रिया दिनुहोस्