काठमाडौँ, ८ बैशाख । नायीका झरना थापाको निर्देशनमा रहेको फिल्म ‘ए मेरो हजुर ३’ प्रदर्शनको दोश्रो सातामा पनि व्यापारिक रफ्तार रोकिएको छैन ।
दोश्रो सातामा प्रवेश गरेको चलचित्रले शनिबार देशैभर आक्रामक कमाई गरेको छ । काठमाण्डौको गोपिकृष्ण, अष्टनारायण मात्र होइन काठमाण्डौ बाहिरका पोखरा, चितवन लगायतका स्थानमा पनि चलचित्रको व्यापार उच्च छ ।
सुनिलकुमार थापाको निर्माण रहेको फिल्ममा अनमोल र सुहानासगै अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
प्रतिक्रिया दिनुहोस्