जनकपुर, ८ बैशाख । धनुषा जिल्लाको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा एक नर्सको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।
आइतबार हस्पिटलको शौचालयमा झुन्डिएको अवस्थामा महोत्तरीको गौशाला नगरपालिका स्थित रामनगरकी २४ वर्षीय रक्षा आलेको शव फेला परेको प्रहरीले जनाएको छ ।
मुचुल्का उठाइ शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाएको छ । उक्त हस्पिटल स्वास्थ राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्