काठमाडौँ, ८ वैशाख । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले ट्राफिक प्रहरीले गर्ने व्यवहार नम्र र शालीन हुन आवश्यक रहेको बताएका छन ।
आइतबार काठमाडौं उपत्यकास्थित ट्राफिक प्रहरीलाई ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनद्वारा ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिदै ट्राफिक प्रहरीले सेवाले जनता मुस्कुराउँदै जाने वातावरण बनाउनुपर्ने बताएका हुन।
उनले भने, ‘प्रहरी जनताको सेवाका लागि हो । जनताको सेवा पूर्ण व्यावसायिकताका साथ गरौं । ट्राफिक प्रहरीले गर्ने व्यवहार नम्र र शालीन हुन आवश्यक छ । हाम्रो सेवाले जनता मुस्कुराउँदै जाने वातावरण हुनुपर्छ । व्यावसायिक मर्यादा बिर्सेर कसैसँग पैसाका लागि हात थाप्नु हुँदैन।’
आईजीपी खनाल उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता दिने सरकारको निर्णयले कार्यसम्पादनमा ऊर्जा मिलेको समेत बताएका छन ।










प्रतिक्रिया दिनुहोस्