काठमाडौँ, ८ वैशाख । आइतबार शेयर बजार झण्डै ३२ अंकले बढेको छ ।
आइतबार नेप्से परिसूचक ३१ दशमलव ८९ अंकले बढेर १२ सय ६४ विन्दु नाघेको छ । आज १ अर्ब २ करोड ४ लाख ३३ हजार ४ सय ३९ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
सबैभन्दा धेरै बैँक समूहको परिसूचक झण्डै ४६ अंकले बढेको छ । यस्तै, होटल समूह झण्डै ३५, लघुवित्त झण्डै २७, जीवन बीमा २२, विकास बैंक झण्डै १७, अन्य समूह झण्डै १० अंकले बढेको नेप्सेले जनाएको छ । त्यसैगरी उत्पादन समूह झण्डै १२ अंक र निर्जीवन बीमा समूह ७ अंक भन्दा बढीले घटेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक र स्वदेशी लघुवित्त कम्पनीका लगानीकर्ताले आइतबार झण्डै १० प्रतिशत नाफा कमाएका छन् भने नेपाल बैक लिमिटेडको शेयर १४ करोड, ८० लाखभन्दा धेरैको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्