काठमाडौँ, ९ वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ जिल्ला समितिहरुका अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक पछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो, ‘लामो समयदेखि टुंगिन बाँकी सांगठनिक एकीकरणमा ७७ जिल्ला कमिटीहरुका अध्यक्ष र सचिवका बारेमा टुंगो लगाएको छ । भोलि सूची सार्वजनिक गरिने छ ।’
केही दिनपछि बस्ने बैठकले पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजन पर्ने पनि उहाँले जानकारी गराउनुभयो ।










प्रतिक्रिया दिनुहोस्