समाचार

विमानस्थलबाट सुनसहित दुई विदेशी नागरिक पक्राउ



काठमाडौँ, ९ बैशाख । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो ६ सय ३ ग्राम सुनसहित भियतनाम र कम्बोडियाका दुई नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

विमानस्थल प्रहरीले लगेज चेकजाँच गर्ने क्रममा अवैध तरिकाले एक किलो ६ सय ३ ग्राम सुन नेपाल भित्र्याउने क्रममा बरामद गरेको हो ।

पक्राउ पर्नेमा भियतनामी नागरिक भो थि मुओईको साथबाट सात सय ८४ ग्राम र कम्बोडियाली नागरिक दिभी युवाईको साथबाट नौ सय ३५ ग्राम सुन बरामद गरेको विमानस्थल प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनिहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।