समाचार

गाउँपालिका अध्यक्ष चौधरीको निधन



महोत्तरी, ९ वैशाख । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको निधन भएको छ ।

आइतबार काठमाडौंको मेडिसिटी अस्पतालमा मधुमेह, थाइराइडलगायतका समस्याका कारण एक हप्ताअघि उपचाररत चौधरीको निधन भएको हो ।

उनको प्रार्थिव शरीरलाई महोत्तरीस्थित पिपरा गाउँपालिकामै लाने तयारी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुनाथ ठाकुरले जानएको छ ।चौधरीले राष्ट्रिय जनता पार्टी नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।