अर्थ

कर्णाली प्रदेशमा ९ महिनामा १२ प्रतिशत बजेट खर्च



सुर्खेत, ९ वैशाख । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा १२ प्रतिशत बजेट खर्च गरेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि २६ अर्ब २८ करोड ३६ लाख अख्तियारी भएकोमा तीन अर्ब सात करोड २५ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।

त्यसमध्ये चालुतर्फ १६.४८ प्रतिशत र पुँजीगतर्फ १०।२७ प्रतिशत बजेट खर्च भएको छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले चालु आर्थिक वर्षको नौ महिनामा चालुतर्फ एक अर्ब १३ करोड ७६ लाख र पुँजीगततर्फ एक अर्ब ९३ करोड ८६ लाख रुपैयाँ खर्च भएको जानकारी दिए । उनले कर्मचारी समायोजनका कारण बजेट खर्च गर्न नसकिएको बताए ।