Banner News

अव एक बर्षभित्रै पार्टीको महाधिवेशन गर्छौं : अध्यक्ष प्रचण्ड



काठमाडौँ, ९ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले एक वषैभित्रै पार्टीको महाधिवेशन गर्ने बताएका छन ।

सोमबार काठमाडौँमा पार्टी स्थापना दिवसको अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै कमिटीको सम्मेलन सकिने र एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने बताएका छन ।

उनले भने, अब हामी एक छिन पनि ढिलो गर्न सक्दैनौं । हामीले हिजो सचिवालय ९समितिको बैठक० मा पनि भनेका छौं । ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै सम्मेलन सक्नेछौं र एक वर्षभित्र महाधिवेशन सम्पन्न गरिसक्नु पर्नेछ ।’

अध्यक्ष प्रचण्डले नेकपाका जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएपछि पार्टी एकताको फलामे ढोका फोरिएको भन्दै उनले भने, ‘अन्तिम फलामे ढोका हामीले फोरिदिएका छौं, यो फलामे ढोकाजस्तै थियो । किनकी गाँठो हाम्रो त्यहीँनिर परेको थियो, मुख्य गाँठो फुकेपछि अरु गाँठो सजिलै फुक्नेछ । केही ढिलो भएकोमा क्षमा माग्दै हामीले मिसन कम्प्लिट गरेका छौं ।’