Banner News

प्रधानमन्त्री ओलीद्वारा बृद्धभत्ता बढाउने घोषणा



काठमाडौँ, ९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमार्फत बृद्ध भत्ता बढाउने घोषणा गरेका छन् ।

सोमबार काठमाडौँमा पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले गतवर्ष बृद्धभत्रा बढाउन आर्थिक अवस्था नरहेकाले यस वर्ष बढाउने घोषणा घोषणा गरेका हुन ।

उनले भने, ‘गत बर्षको बजेटमा हामीले जेष्ठ नागरिक भत्ताको व्यवस्था गरेका थिएनौ । अत्यन्तै नाजुक अवस्थामा देशको अर्थतन्त्र पुर्याइएको थियो । त्यस ठाउँबाट अर्थतन्त्रलाई ठिक बाटोमा ल्याइएको छ ।’

प्रधानमन्त्री ओलीले सुन तस्करीदेखि बिकासबारे उठाइएको प्रश्नको समेत जवाफ दिदै भने, ‘हामी आउन साथ सुन तस्करीको प्वाल टाल्यौं, पहिला कसरी तस्करी भएको थियो रु अनि सुन कहाँ पुग्यो भन्ने त त्यही तस्करीका पालाकाले भन्न सक्छन ।,’ ‘हामी आउन साथ तस्करको भागाभाग भयो, जति फेला परे, समातेर जेल हालिएको छ ।’

एमाले र माओवादीबीचको एकता सुबिचारित भएकोले ज्योतिषका भविश्यवाणी खेर जाने बताउदै उनले भने, ‘हामी भवितब्यले यस ठाउँमा आइपुगेका होइनौं, भवितब्यले एकता भएको होइन । आज जुन शक्ति बनेको छ, भवितब्यले बनेको होइन, हामी सवैको मेहनतले भएको हो । अभियान र अभिरारा पनि पल्टिन्छ, नयाँ अभियान र अभिाराका साथ यो पार्टी अघि बढछ ।’