यूएई, १० बैशाख । नेपाली दूतावास यूएईमार्फत ४४ जनाले गैरआवासीय नेपाली संघ एनआरएनएको सदस्यता कार्ड लिएका छन् ।
दूतावासका अनुसार ३ जना महिला र ४१ जना पुरुषसहित जम्मा ४४ जनाले अहिलेसम्ममा एनआरएनएको सदस्यता लिएको जनाएको छ ।
आर्थिक वर्ष ०७३/०७४ मा १ महिलासहित ११ जना पुरुषले मात्रै एनआरएनए कार्ड लिएका थिए । त्यस्तै ०७४/०७५ मा २ महिलासहित ११ जनाले लिएका थिए ।
आठ हजार दुई सय रुपैयाँ शुल्क तिरेर एनआरएनए कार्ड लिन सकिने र हरेक दुई वर्षमा नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको दूतावासले जनाएको छ ।
सरकारले पररास्ट्र मन्त्रालयमा एनआरएनए महाशाखामार्फत एनआरएनएलाई हेर्ने व्यवस्था गरेको र त्यही अनुरुप विदेशस्थित नेपाली नियोगबाटसमेत एनआरएनए कार्ड लिन सक्ने कानुनी व्यवस्था रहेको छ ।










प्रतिक्रिया दिनुहोस्