समाचार

इनारमा डुबेर एक युवकको मृत्यु



दाङ, १० वैशाख । इनारमा रिङ हाल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।

राही उपमहानगरपालिका वडा नम्बर-१६, सर्राका ठरालु चौधरीको घरमा इनारको रिङ हाल्ने क्रममा सुनसरीको इनरुवा नगरपालिका-५, बलाहा घर भइ हाल घोराही उपमहानगरपालिका वडा नम्बर-१६, डेरा गरी बस्ने २० वर्षीय रन्जित मेहेताको मृत्यु भएको हो ।

इनारमा खसेर पानीमा घाइते भएका मेहेताको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ ल्याउँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।