काठमाडौँ, १० वैशाख । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले आइपीओ बिक्री खुला गरेको छ ।
सोमबारदेखि प्रतिसेयर १०० रुपैयाँ दरको ३ लाख ३५ हजार कित्ता मध्ये ५ हजार १ सय ७५ कित्ता कम्पनीका कर्मचारीका लागि, १६ हजार ७ सय ५० कित्ता सामुहिक लगानी कोषका लागि बाँडफाड गरिएको छ ।
बाँकी रहेको ३ लाख १३ हजार ७५ कित्ता सेयर भने सर्वसाधारणका लागि विक्रि खुला गरिएको छ । न्युनतम १० कित्ता देखि अधिकतम १५ सय कित्तासम्मका लागि आवेदन दिन पाइनेछ ।
यस सेयरका लागि आवेदन दिने अन्तिम समय बैशाख १२ गतेसम्म हो । आइपिओका लागि क्रेडिट रेटिङ गर्ने संस्था केयर रेटिङ नेपालले ग्रेड ४ दिएको छ । ग्रेड ४ ले औसत भन्दा कमजोर आधारहरु जनाउँदछ ।
प्रतिक्रिया दिनुहोस्