काठमाडौँ, १० वैशाख । देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तापक्रम बढ्ने र घट्ने बेला विकसित हुने न्यूनचापीय रेखा पश्चिमबाट पूर्वतिर सर्दै गएकाले पुर्वी तराईमा चट्याङ परिरहेको र असिना पानी पनि पर्न सक्ने महाशाखाले जनाएको छ । चट्याङका साथै हावाहुरी पनि आउन सक्ने भएकाले सतर्क रहन समेत गरिएको छ । पूर्व र मध्यका केही ठाउँ र पश्चिम पहाडका थोरै ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्