समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



काठमाडौँ, १० बैशाख । गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान ८ः३० बजे गण्डकी गाउँपालिका–३ साबिकको फुजेल गाविसमा बिजुलीको पोलमा काम गर्न जाँदा स्थानीय चमतीका अन्दाजी ३५ वर्षीय भुवन अधिकारीको करेन्ट लागेर मृत्यु भएको हो ।

स्थानीय धुव्र दुवाडीका अनुसार अहिले पनि उनको शव बिजुलीको तारमा झुन्डिएको अवस्थामा रहेको र घटनाबारे प्रहरीलाई खबर गरेको जनाएको छ ।

मृतक भुवन गाउँमा केही वर्षदेखि बिजुलीको काम गर्दै आएका थिए ।