राजनीति

सरकार र राप्रपाबीच वार्ता संपन्न



काठमाडौँ, १० वैशाख । आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारबीच वार्ता सकिएको छ ।

मंगलबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको वार्तामा २२ बुँदे माग टेबुल गर्दै सकिएको हो । वार्ताको अर्को मिति पनि तोकिएको छैन ।

वार्तामा सरकारी वार्ता टोलीका संयोजक कानूनमन्त्री भानुभक्त ढकालले संघीय लोकतानित्रक गणतन्त्र अतिक्रमित हुने मागमा पुनर्विचार गर्न राप्रपालाई आग्रह गरेको बताइएको छ ।

राप्रपाका संयोजक दीपक बोहराले सैद्धान्तिक विषयमा पुन छलफल गर्ने सहमति गर्दै आजको वार्ता सकिएको बताउदै उनले भने, ‘आज हामीले २२ सूत्रीय मागका विषयमा कुरा राख्यौं, सरकारले पनि तपाईहरुले उठाउनुभएको धेरै कुरामामा विचार गर्छौं भनेको छ, धर्म निरपेक्षता खारेजी, गोलमेच सम्मेलनजस्ता नीतिगत विषयमा पुनः छलफल गर्ने सहमति भएको छ ।’

अर्को बैठकको मिति नतोके पनि ४र५ दिनमा बस्ने उनले बताएका छन ।