काभ्रेपलाञ्चोक, १० वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपालमा राजतन्त्र फर्काउन खोज्नेलाई कानूनले ठीक पार्ने चेतावनी दिएका छन् ।
जिल्ला समन्वय समिति काभ्रेको तेस्रो जिल्लासभामालाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले प्रगति र सुशासनलाई अवरोध पुर्याउन धर्मका नाममा आन्दोलन भइररहेको र इतिहासले किनारा लगाएका तत्व फेरि सल्बलाए कानूनले ठीक पार्ने बताएका हुन् ।
उनले भने, ‘धर्मको संवेदनशील कुरामा टेकेर नेपालको प्रगतिको बाटोलाइ अवरुद्ध पार्ने काम भयो भने, इतिहासले किनारा लगाएका तत्वहरु फेरि सल्बलाए भने कानुनले ठीक पारिन्छ ।’
मन्त्री बास्कोटाले नेपालमा राजतन्त्र फर्किने सपना नदेख्न आग्रह गर्दै उनले प्रतिक्रियावादीहरुले चियाको कपमा तुफान ल्याउन खोजेको तर सरकार त्यसमा नअलमलिने बताए ।










प्रतिक्रिया दिनुहोस्