रामेछाप, ११ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पोडेलले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलाल श्रेष्ठले देखाएको बाटो नै वर्तमान सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियानको प्रमुख सुत्र भएको बताउनुभएको छ ।
युवा संघ नेपालले नेकपाको संस्थापक महासचिव श्रेष्ठको जन्म थलो रामेछापको भङेरीमा आयोजित पुस्पलालको सालिकमा माल्यार्पण पछि सम्बोधन गर्दै अध्यक्ष पौडेलले नेपाली कम्युनिष्ट आन्दोलनका प्रमुख अभियान्ताका रुपमा रहनुभएका पुष्पलाललाई सरकारले परिवर्तनको मुख्य मार्गदर्शकको रुपमा नेपालको महानायकको सम्मान गर्नुपर्ने बताउनुभयो ।
भङेरीले गङालाल र पुस्पलाल जस्तो नायकहरु जन्माएको र यो ठाउँको विकासमा सबैको चासो रहनु पर्ने उहाँको भनाई थियो । दुई ठूला कम्युनिष्ट पार्टीको एकताले पुस्पलालको सपना साकार पार्ने उहाँको भनाई थियो । उहाँले पुस्पलालले देखाएको बाटो अहिले समृद्ध नेपाल निर्माणको प्रमुख सुत्र बनेको बताउनु भयो ।
अध्यक्ष पौडेलले पुस्पलालले नेपाली कम्युनिष्ट आन्दोलन सुरु गर्दा कल्पना गर्दा देखेको सपना पुरा हुने चरणमा पुगेको बताउनु भयो । पुस्पलाललाई नेपाल सरकारले राष्ट्रिय नायक घोषणा गर्नु पर्ने माग गर्नुभयो ।
वर्तमान सरकारले पुस्पलालको सपनालाई विपनामा रुपान्तरण गर्न रातो दिन लागी परेको र अब सरकारले लिएको नीति र कार्यको परिणाम देखिन सुरु भएको उहाँको भनाई थियो । दुई नयाँ अन्तर्रास्ट्रिय बिमानस्थलहरु सञ्चालनमा आउने तयारीमा रहेको, बेरोजगारी समस्याको समाधानमा नयाँ आयाम थपेको साथै विकास निर्माणमा छिटो परिणाम देखिने कार्य प्रारम्भ भएको उहाँले बताउनुभयो ।
यसै गरि भङेरीमा आजै नेकपा प्रदेश नं. ३ ले आयोजना गरेको कार्यक्रममा उहाँहरुको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्