एजेन्सी, ११ वैशाख । फिलिपिन्सको प्रमुख टापु लुजोनमा शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पमा परी कम्तीमा ११ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
फिलिपिन्सको भूकम्पमापन केन्द्रका अनुसार स्थानीय समय दिउँसो ५ बजेर ११ मिनेटमा ६।१ म्याग्निट्युडको भूकम्प गएको हो । प्यासाफिक सुनामी सेन्टरले भूकम्प ७.२ रेक्टर स्केलको रहेको जनाएको छ । भूकम्पले एउटा विमानस्थलमा ठूलो क्षति र कम्तीमा दुईवटा भवन ध्वस्त भएको जनाइएको छ ।
त्यसको चौबिस घण्टा नबित्दै भिसायास क्षेत्रमा ६.४ म्याग्निट्युडको अर्को भूकम्प गएको छ । भूकम्पले टक्लोबन शहर, लेते टापु र काटबलोगन शहरमा ठूलो क्षती भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
राजधानी मनिलादेखि उत्तर(पश्चिममा पर्ने पाम्पङ्गा प्रान्तमा पहिलो भूकम्पका कारण एउटा भवन भत्किँदा भग्नावशेषभित्र दर्जनौँ मानिस फसेको हुन सक्ने अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्