काठमाडौँ, ११ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल वायु सेवा निगमको जहाज चढेर चीनको सियान पुगेकी छन् ।
बुधबार उनी नेपाल वायु सेवा निगमको उडान नम्बर आरए ००१ बाट ११ बजे चीनको सान्सी प्रदेशको राजधानी सियानमा पुगेकी छीन ।राष्ट्रपतिसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि चीन भ्रमणमा सहभागी भएका छन् ।
सियानबाट राष्ट्रपति भण्डारी चीनको राजधानी बेइजिङ जाने कार्यक्रम छ ।राष्ट्रपति भण्डारी शुक्रबारदेखि ३ दिनसम्म हुने बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० को दोस्रो शिखर सम्मेलन हुन चीन भ्रमणमा गएकी हुन् ।










प्रतिक्रिया दिनुहोस्