राजनीति

सर्वोच्चद्वारा एनसेलको पक्षमा आदेश जारी



काठमाडौँ, १२ वैशाख । सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले एनसेल लाभकर विवादमा पुनः एक पटक एनसेलकै पक्षमा आदेश जारी गरेको छ ।

न्यायाधीश श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नभएसम्मका लागि एनसेलसँग कर नलिन ठूला करदाता कार्यालयको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चले लाभकर निर्धारण विवादमा दुवै पक्षलाई बोलाउँदै उक्त अवधिसम्मका लागि कर लिने निर्णय यथास्थानमा राख्न भनेको हो ।