ललितपुर, १३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो वामपन्थी प्रधानमन्त्री स्व मनमोहन अधिकारीको अधूरा सपनाहरु वर्तमान सरकारले पूरा गर्न बताएका छन ।
शुक्रबार मनमोहन स्मृति प्रतिष्ठानले सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२०औँ स्मृति दिवस’ मा बोल्दै प्रधानमन्त्री ओली वामपन्थी दलको एकता र देश विकासमा पुर्याउनुभएको योगदानको चर्चा गर्दै वर्तमान सरकार स्व अधिकारीका अधूरा सपना पूरा गर्न लागिपरेको उल्लेख गरेका छन ।
अधिकारीले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने नाराका साथ नागरिकमा विकासको भोक जगाएको र सामाजिक सुरक्षा, कानूनी राज्य स्थापनाका लागि अधिकारी नेतृत्वको सरकारले उल्लेखीय काम गरेको बताउँदै उनले भने, ‘मनमोहन अधिकारीले विकासको नयाँ मोडेल, सामाजिक सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, कानुनी राज सुरु गर्नुभयो ।’ ‘उहाँले थालेका अधुरा कामहरु वर्तमान सरकारले पुरा गर्छ ।’ चुनौतीका बीचमा पनि उहाँले गर्नुभएको काम निकै महत्वपूर्ण थिए ।’
वर्तमान सरकार विकासको बाटोमा अघि बढिरहेको बताउदै उनले विभिन्न कानून निर्माणमार्फत् संविधानको कार्यान्वयन हुने दिशामा रहेको बताए । पूर्वप्रधानमन्त्री अधिकारीको विसं २०५६ वैशाख १३ गने निधन भएको थियो ।










प्रतिक्रिया दिनुहोस्