काठमाडौँ, १४ वैशाख । नेपालीको प्रतिव्यक्ति आय वार्षिक एक हजार ३४ अमेरिकी डलर (ने.रू ११५५१८) पुगेको छ ।
राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार गत वर्षको तुलनामा २६ डलर वृद्वि भइ एक हजार ३४ डलर पुगेको हो ।
यस वर्ष कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि ६.८१ प्रतिशतले हुने भएको छ । विसं २०५७/५८ को आधारभूत मूल्यमा जीडीपी वृद्धिदर ६.८१ प्रतिशत हुने भएको हो । यो गत वर्षभन्दा ०.५१ प्रतिशत विन्दुले बढी हो । आउँदो असार मसान्तसम्ममा नेपालीको औसत आय रु। एक लाख १७ हजार ४५५ पुग्ने बताएको छ ।
योसँगै सरकारले तेस्रो पटक उच्चदरको आर्थिक वृद्वि हासिल गर्ने देखिएको छ। गत वर्ष ६.३० प्रतिशतले आर्थिक वृद्धि भएको थियो । यस वर्ष सरकारले ८ प्रतिशत आर्थिक वृद्धिदर पुर्याउने लक्ष्य लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्